• १२ साउन २०८१, शनिबार

जङ्गली हात्तीद्वारा किसानको धानबालीमा नोक्सान

blog

अविनाश चौधरी

धनगढी, कात्तिक १० गते । कैलालीमा जङ्गली हात्तीको झुन्डले किसानको धानबालीमा नोक्सान गरेको छ । 

गएराति गाउँ पसेको हात्तीको झुन्डले गौरीगङ्गा नगरपालिका–१, ३, ४ र ५ मा किसानको धानबालीमा नोक्सान गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार किसानले धान काटेर सुकाउनका लागि खेतमा राखेको धान हात्तीले खाएका छन् । 

हात्तीले गौरीगङ्गा नगरपालिका–१ की डमादेवी खनालको १० कट्ठामा लगाएको धानबाली, वडा नम्बर ३ का डम्मर सिंहालको पाँच कट्ठा र वडा नम्बर ४ का मङ्गल चौधरीको तीन कट्ठाको धानबाली खाइ दिएको प्रहरीले जानकारी दिएको छ । 

खेतमा हात्तीको झुन्ड आएपछि प्रहरीको सहयोगमा स्थानीयले हात्तीलाई जङ्गलतर्फ भगाएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पहरी नाउब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।