बाग्मती प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने, नेवाः बाहुल्यता भएको क्षेत्रलाई स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र घोषणा गर्नुपर्ने, प्रादेशिक भाषाको हिसाबले १२ कक्षासम्म नेपालभाषा र तामाङ भााषा मध्ये एकलाई एच्छिक वा अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्ने लगायतका मुद्दा रहेको छ ।
पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ ।
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै गएको छ । अन्य समयमा सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका पुनः व्यवस्थित हुन थालेको छ । जनकपुरधामको बजार तथा फोहोर व्यवस्थित गर्न छठको दोस्रो दिनदेखि नै उपमहानगरपालिकाका कर्मचारी निरन्तर खटिएका छन् ।
गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उहाँलाई सम्मान गरिएको हो ।
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।