प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दै गएको छ । अन्य समयमा सुनसान जस्ता देखिने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका पुनः व्यवस्थित हुन थालेको छ । जनकपुरधामको बजार तथा फोहोर व्यवस्थित गर्न छठको दोस्रो दिनदेखि नै उपमहानगरपालिकाका कर्मचारी निरन्तर खटिएका छन् ।
गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उहाँलाई सम्मान गरिएको हो ।
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडादौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समूह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।
दशैं र तिहार चाड मनाउन लागेको ऋण ५७ वर्षीय मेखलाल बोटे बालुवा सुन खोज्न नदीको किनारतिर लाग्नुभएको छ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा पदका लागि बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा हुनुहुन्छ । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उहाँ गृहजिल्ला बाँके पुग्नुभएकाे हाे ।
नेकपा एमाले बागलुङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ ।
बाँकेको कोहलपुर–१३ मा पतिपत्नि रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।
धनकुटा नगरपालिका मुलघाटस्थित तमोर पुलबाट खसेर आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मुत्यु हुनेमा मुलघाटका करिब ६५ वर्षीय छत्रमुखी साङपाङ रहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।