पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् ।
स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रि।वि।शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरेको हो ।
निरन्तर रुपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले आदेश दिएको छ । प्रशासनले बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो ।
हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभएको छ । असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाढ जलविद्युतको क्यानल तथा नहरमा क्षति पुगेको थियो ।
बाग्मती प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने, नेवाः बाहुल्यता भएको क्षेत्रलाई स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र घोषणा गर्नुपर्ने, प्रादेशिक भाषाको हिसाबले १२ कक्षासम्म नेपालभाषा र तामाङ भााषा मध्ये एकलाई एच्छिक वा अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्ने लगायतका मुद्दा रहेको छ ।
पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ ।
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।
काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।