विगत लामो समयदेखि बन्द रहेको हाटबजार शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । एक करोड ३३ लाख रुपियाँ लागतको तम्घासको चारीखोलामा निर्माण भएको हाट बजार गत वैशाखदेखि बन्द रहेको थियो ।
चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरूमा सङ्क्रमितको भिड लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको छ । देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधबार काठमाडौंबाट धनगढी हुँदै बिहीबार यहाँ आइपुग्नु भएको थियो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने बताउनुभएको छ ।
थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
निर्वाचन आयोगले गत असोज २८ गतेदेखि सञ्चालन गरेको कल सेन्टरमा बिहीबारसम्म दुई हजार ३९८ वटा जिज्ञासा आएका छन् । आएका सबै जिज्ञासाको समाधान भएको कल सेन्टरका प्रमुख कमल भट्टाराईले जानकारी दिनुभयाे।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । छठपर्व सकिएपछि प्रचारप्रसारले तीव्र गति लिएको हो ।
बाजुराका ७० वटा मतदानस्थलमध्ये ४३ मतदान स्थल अति संवेदनशील छन् । बाजुरा विकट दुर्गम क्षेत्रमा रहेकाले हरेक कुरामा मतदानस्थल निकै संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् ।
स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रि।वि।शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
धनगढीको मुख्य बजार क्षेत्रको बाटो फराकिलो बनाउनका लागि सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरिएको छ । चाडपर्व सकिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक अधिकार क्षेत्रभित्र परेका संरचना भत्काउन सुरु गरेको हो ।
निरन्तर रुपमा तनहुँमा आतङ्क मच्चाइरहेको नरभक्षी चितुवा मार्न स्थानीय प्रशासनले आदेश दिएको छ । प्रशासनले बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएको हो ।
हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा गमगाढ वितरण केन्द्रको अनुगमन गर्नुभएको छ । असोज तेस्रो हप्ता परेको अविरल वर्षाका कारणले आएको बाढी पहिरोले छायाँनाथ रारा नगरपालिका वडा नं– ६ मा रहेको गमगाढ जलविद्युतको क्यानल तथा नहरमा क्षति पुगेको थियो ।