• १२ साउन २०८१, शनिबार

धानखेतका कारण पूर्वी पहाड बन्यो सुनौलो (फोटो फिचर)

blog

सुनौलो पूर्वी पहाड

नारायण तुम्बापो 

फिदिम, कात्तिक १७ गते । पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् । 

कतिपय ठाउँमा धान पाकिसकेपछि काट्ने अवस्थाको भएको छ भने धेरै क्षेत्रमा पाक्दैछ । यति बेला पहेँलिँदो धानको रङ्गले पूर्वी पहाडलाई मनमोहक बनाएको छ । लगाएको धानखेतमा लहलहाउँदै धानका बालाका कारण किसानलाई खुसी बनाउनुको साथै कृषि पर्यटन प्रवर्द्धन समेत भएकाले स्थानीय परिवेश शोभायमान देखिन्छ।