प्रदेश नं. १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार शेखरचन्द्र थापाको बुधबार नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको छ । बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गएराति आएको भूकम्पका कारण बैतडीका विभिन्न स्थानमा घरहरु चर्किएका छन् । पुराना तथा जीर्ण घरहरु चर्किएका छन् भने कतिपय ठाउँमा नयाँ घरहरुमा समेत चिरा परेका छन् ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङलाई आवश्यक सबै मतपत्र आइपुगेको छ । उक्त निर्वाचनमा प्रयोग हुने प्रत्यक्ष तथा समानुपातिकतर्फको सबै मतपत्र ताप्लेजुङ आइपुगेको हो ।
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवाल र नेपाली कांग्रेसका उदय शमशेर जबराबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा मधुसुदन पौडेल र (ख)मा चेतनाथ सञ्जेल एमालेको उम्मेदवार हुनुहुन्छ । यसैगरी, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहाल प्रदेशसभा सदस्यतर्फ (क)मा र ललितपुर (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ ।
नेपालमा साउनदेखि डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लाबाट ५० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै ५५ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास प्राथमिकतामा परेको बताउनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताउनुभएको छ । उहाँले राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको पनि जानकारी दिनुभयो ।
नेपालगञ्ज विमानस्थलबाट समिट एयरलाइन्सबाट डोल्पा जानुपर्ने महिला यात्रु नेपाल एयरलाइन्सको कर्मचारीको लापरवाहीले मुगु पुगेका छन् । डोल्पा जिल्ला ठूलोभेरी नगरपालिका–५ का राजकुमारी बुढा र उहाँको साथमा रहेको बच्चा डोल्पा जानुपर्ने भए पनि एयरलायन्सहरुको लापरवाहीका कारण मुगु पुग्नुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षार्थ सुरक्षाकर्मीहरू तैनाथ भइसकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई अपहेलना गरेको आरोप लगाउनुभएको छ।
कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मंगलबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमबार रातिदेखि नै हजारौँ भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ४ गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको महासमर भएको बताउनुभएको छ ।
रिसमा होश गुमाएकी राधाले कृष्णलाई आफ्नो लुगाा लुकाएकोमा गाली गर्नुहुन्छ । तर जवाफमा कृष्णले यसरी बिना वस्त्र नुहाउन लाज नलागेको भन्दै जवाफ फर्काउनुहुन्छ ।
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।