• १२ साउन २०८१, शनिबार

जुडोमा आर्मीलाई ४ स्वर्ण

blog

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक २ गते । नेपाल आर्मीका खेलाडीले जुडोमा चार स्वर्णपदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार सकिएको सात इभेन्टमध्ये आर्मीका चार खेलाडीले स्वर्णपदक जितेका छन् । आर्मीले थप तीन रजत र तीन काँस्य पदक पनि हात पारे ।

पुलिसले पनि तीन स्वर्ण, एक रजत र पाँच काँस्य पदक जितेर सफलता हात पार्यो । बागमतीले प्रदेशले एक रजत र तीन काँस्य पदक जित्यो ।  लुम्बिनी र एपीएफले एक/एक रजत जितेका छन् । मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १/१ काँस्य हात पारेका छन् ।

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्णपदक जित्नुभएको हो महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लीला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाउनुभयो ।

पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाउनुभएको हो । यस्तै महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठले प्रधानले स्वर्ण हात पार्नुभयो ।

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन । सुदूरपश्चिम र प्रदेश नम्बर १ पनि पदकविहीन छन् ।