• १६ भदौ २०८१, आइतबार

भारतीय कांग्रेसमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित

blog

भारतीय काँग्रेस पार्टीका अध्यक्ष माल्लिकार्जुन खड्गे

काठमाडौँ, कात्तिक २ गते । भारतीय कांग्रेस पार्टीमा माल्लिकार्जुन खड्गे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले सात हजार ८९७ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

उहाँ दक्षिण भारतको एक दलित परिवारमा जन्मनुभएका अनुभवी राजनीतिज्ञको रूपमा परिचित हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी शशी थरुरले करिब एक हजार मत प्राप्त गर्नुभयो । निर्वाचनमा ४१६ मत बदर भएको थियो ।

यसैबीच पराजित हुनुभएका थरुरले एक ट्विट गर्नुहुँदै अध्यक्ष पदमा विजयी हुनु ठूलो उत्तराधिकारी हुनु र महान् सम्मान भएको बताउनुहुँदै आउँदो दिनमा सफलता पाओस् भनेर शुभकामना गर्नुभयो । र, उहाँले कांग्रेस पार्टीका मतदाताहरूले एक हजारभन्दा बढी मत दिएर समर्थन गरेकोमा आभार प्रकट गर्नुभयो ।