• १३ साउन २०८१, आइतबार

सीमा क्षेत्रबाट १९ लाखभन्दा बढीका पटाका बरामद

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, कात्तिक २ गते । सशस्त्र प्रहरीले मधेश प्रदेशका सीमा नाकाबाट ठूलाे परिमाणमा पटाका बरामद गरेको छ ।

सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता बाहिनी मुख्यालयले मङ्गलबार (कात्तिक १ गते) गतेसम्म सबै सीमा नाकाबाट १९ लाख ७० हजार रूपियाँ बराबरका पटाका नियन्त्रणमा लिएको जनाएको छ । सीमा नाकाबाट वैशाखदेखि नै पटाका बरामद हुन थालेको बाहिनीले जनाएको छ । 

बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक सागर राईका अनुसार सबैभन्दा बढी बारा जिल्लाबाट ५ लाख ३० हजार ९६८ रुपियाँ बराबरका बरामद भएका छन् ।

त्यस्तै, महोत्तरीबाट ४ लाख ७३ हजार, रौतहटबाट २ लाख ८२ हजार, सिराहाबाट २ लाख ८० हजार, सर्लाहीबाट २ लाख ३३ हजार, पर्सा जिल्लाबाट १ लाख ६० हजार र सप्तरीबाट ११ हजार मूल्य बराबरका पटाका नियन्त्रणमा लिइएको हो ।