• १३ साउन २०८१, आइतबार

सुर्खेतमा नेकपा एसका उम्मेदवार यथावत्

blog

नवीन सुवेदी

सुर्खेत, असोज २७ गते । सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार यथावत् राखेको छ । गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी बुधबारसम्म फिर्ता लिने समय भए पनि उक्त पार्टीले उम्मेदवार यथावत् राखेको हो ।

समाजवादीले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) र (ख) मा उम्मेदवारी दिएको थियो । यद्यपि, गठबन्धनको निर्णयअनुसार भने (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका बिन्दमान बिष्ट उम्मेदवार बन्नुभएको छ । 

समाजवादीले सुर्खेतमा कुनै पनि क्षेत्र आफ्नो भागमा नपरेपछि (क) र (ख) मा उम्मेदवारी दर्ता गराएको थियो । जसअनुसार (क) मा समाजवादीका जिल्ला इञ्चार्ज शिव उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन बडुवालले उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुबै जनाको उम्मेदवारी कायम छ । समाजवादीका जिल्ला अध्यक्ष बडुवालले पार्टीको केन्द्रीय निर्णयअनुसार नै दुबै जनाको उम्मेदवारी कायम रहेको बताउनुभयो ।

समाजवादीले २ (ख) पाउनुपर्ने बताउँदै आएको थियो । यद्यपि गठबन्धनको केन्द्रीय संयन्त्रले कुनै पनि क्षेत्र नदिँदा उम्मेदवारी दर्ता गराएको थियो ।