• १३ असोज २०८१, आइतबार

जोशीको अन्तिम संस्कार नहुने, अध्ययनका लागि अस्पतालमा राखिने

blog

वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शव, तस्बिर – सुजन गुरुङ

ललितपुर, असोज ३० गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । जोशीको शरीर अध्ययनका लागि ललितपुरस्थित किष्ट मेडिकल अस्पतालमा राखिने निर्णय भएको हो । 

आइतबार अस्पतालमा उहाँको मृत्यु ७ बजेर ९ मिनेटमा भएको हो । जोशीको शरीर किष्ट मेडिकल अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा लगिएको छ । 

“जोशीको शरीर अध्ययनको लागि अस्पताललाई दान भएको छ, अहिले महानगर परिसरमा अन्तिम श्रद्धाञ्जली सकिएपछि शरीर पुनः अस्पताल नै फर्काउने र केमिकल प्रयोग गरेर वर्षोंसम्म शरीर नगल्ने गरी राख्न सकिनेछ”, किष्ट मेडिकल अस्पतालका प्रमुख डा. अमिष पाठकले भन्नुभयो । उहाँका अनुसार अस्पतालले जोशीको शरीर नगल्ने कसरी सुरक्षित राख्ने बारे अध्ययन गरिसकेकाले जोशीकै इच्छाअनुसार शरीर अध्ययनका लागि राखिने भएको छ ।

आफ्नो शरीरको उपयोगिता मृत्युपछि पनि हुने जोशीको सपना थियो । जोशीको शरीर सुरक्षित राखेर अध्ययनका लागि उपयोगी हुनसक्ने पहिले नै छलफल भएको हो ।

साथै, जोशीका जीवन सङ्गिनीले समेत मृत्युपछि पनि जोशीसँगै रहने इच्छा राख्नुभएको हो । यसरी श्रीमतीको शरीर पनि उक्त मेडिकल कलेजलाई नै दिने इच्छा उहाँहरू दुवैको हो ।





 तस्बिर – सुजन गुरुङ