• १३ साउन २०८१, आइतबार

अवैध पटका बरामद गरी नष्ट

blog

दिवाकर पोख्रेल

देउखुरी, असोज २९ गते । दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो । 

अवैध पटकालाई स्थानीय जनप्रतिनिधि, नागरिक समाज र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २९ हेक्वा ज्वलामाई गण भालुवाङका प्रमुख विनोद केसीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक धनन्जय केसीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त मूल्य बराबरका पटका फेला पारेको थियो । 

नष्ट गरिएको ४२ प्रकारका पटकाको अनुमानित मूल्य चार लाखभन्दा बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  तिहार नजिकिँदै गर्दा स्थानीय व्यापारीले भारतको नाका हुँदै नेपाल ल्याएर लुकिछिपी पटका विक्री गर्ने गर्दछन् ।