• १३ साउन २०८१, आइतबार

प्याराग्लाइडिङ खेल्ने क्रममा दुर्घटनामा परी एक जनाकाे मृत्यु

blog

 गोरखापत्र समचारदाता

पोखरा, असोज ३० गते । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार जारी प्याराग्लाइडिङ खेल्ने क्रममा निसिम थापाको दुर्घटनामा परी मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १८ स्थित सराङकोटको आकाशमा भएको क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको ब्ल्यूस्काई कम्पनीको पाराग्लाइडिङ आकाशमा उडिरहेको थियो । 

अकस्मात् पाराग्ल्याइडर नेपाल आर्मीका निसिम जमिनमा खस्नुभएको थियो । 

त्यसपछि २६ वर्षीय निसिमलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो ।

 जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सूचना अधिकृत सुन्दर तिवारीले अस्पतालमा उपचारको क्रममा निसिमको मृत्यु भएको जानकारी दिनुभयो ।