• १३ साउन २०८१, आइतबार

राष्ट्रिय महिला भलिबल : आर्मीलाई पराजित गर्दै एपिएफकाे सानदार जित

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ ।

लिग चरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगितामा एपिएफले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । 

निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा आर्मीले पहिलो सेट २५ –१९ ले जित हात पारेको थियो । त्यसपछिका तीन सेट लगातार एपिएफले जितेको थियो । एपिएफले आर्मीमाथि २५–१९,२५–२१,२५–२३ को जित निकालेको थियो ।

खेल अवलोकन गर्ने खुल्ला मञ्च दर्शकले भरिएको थियो । सेना र सशस्त्रले आ–आफ्ना खेलाडीको हौसलाका लागि हुटिङ गरेका थिए ।