• १६ भदौ २०८१, आइतबार

इटालीमा जर्जिया मेलोनी बन्नुभयाे पहिलो प्रधानमन्त्री

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक ५ गते । इटालीमा पहिलो प्रधानमन्त्रीको रुपमा जर्जिया मेलोनी निर्वाचित हुनुभएको छ । ४५ वर्षीय मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन गर्नुभएको छ ।

सेप्टेम्बरमा सम्पन्न चुनावमा 'ब्रदर्स अफ इटाली'ले २६ प्रतिशत मत पाएपछि सरकारकाे नेतृत्व गर्न पुग्नुभएकाे हाे । दश वर्षसम्म पार्टीकाे नेतृत्व गर्नुभएका उहाँसँग सरकार चलाउने अनुभव कम रहेकाे बीबीसीमा उल्लेख छ ।  सन् २००८ देखि ११ सम्म बेर्लुस्काेनी सरकारमा उहाँ सबैभन्दा कम उमेरमा मन्त्री बन्नुभएकाे थियाे ।

प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्ने मिलोनीको ब्रदर्स अफ इटालीले सन् २०१८ मा भएको पछिल्लो निर्वाचनमा चार प्रतिशत मत मात्रै प्राप्त गरेको थियो । 

–उपेश महर्जन