• २४ वैशाख २०८१, सोमबार

पूर्व प्रधानमन्त्री जोन्सन स्वदेश फिर्ता, प्रधानमन्त्रीको नेतृत्वका लागि छलफल सुरू

blog

लण्डन, कात्तिक ६ गते । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुग्नुभएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।     

गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री जोनसन राजीनामा दिन बाध्य हुनुभएको थियो ।     

जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू यसका लागि तयार रहेको बताउनुभएको छ ।     

जोनसनको क्याबिनेटमा रहेका पूर्व अर्थमन्त्री ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्री पदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरेका थिए ।प्रधानमन्त्री लिज ट्रसको राजीनामापछि पार्टी नेताका लागि १०० मनोनयनको थ्रेसहोल्डमा पुग्ने सुनक शुक्रबार अबेर टोरी नेतृत्वका पहिलो दाबेदार बन्नुभएको छ ।     

पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका सुनकलाई बेलायतको प्रधानमन्त्रीको दौडमा प्रवेश गर्न कन्जरभेटिभ पार्टीका कम्तीमा १०० सांसदको समर्थन प्राप्त भएको थियो ।     

बेलायती प्रधानमन्त्री लिज ट्रसले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि यो एउटा महत्वपूर्ण घटनाक्रम हो । राजीनामाले देशलाई राजनीतिक उथलपुथलमा फसाएको छ र स्थिर सरकारको खोजी गरेको छ किनकि विपक्षीहरूले आम चुनावको आफ्नो माग दोहाेर्याउनुभएको छ ।     

हाउस अफ कमन्सकी टोरी नेत्री पेनी मोर्डाउन्टले पनि शुक्रबार आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको थियो ।     

“नयाँ सुरुवात, एकताबद्ध पार्टी र राष्ट्रिय हितमा नेतृत्व चाहने सहकर्मीहरूको समर्थनबाट म उत्साहित भएको छु,” मोर्डाउन्टले ट्वीटरमा लेख्नुभएको छ ।

टोरी सांसदहरूले सोमबार मतदान गर्नेछन् र दुई उम्मेदवारहरू टोरी सदस्यताको लागि अगाडि राखिनेछन् । नतिजा २८ अक्टोबर घोषणा हुनेछ ।     

पदबाट राजीनामा दिएपछि ट्रस सबैभन्दा छोटो समय सेवा गर्ने बेलायती प्रधानमन्त्री बन्नुभएको छ । उहाँले आफू निर्वाचित भएको जनादेश पूरा गर्न नसक्ने बताउँदै राजीनामा दिनुभएको हो ।     

ट्रसले आगामी साताभित्र नयाँ नेतृत्व चयनका लागि आफूले राजीनामा दिने घोषणा गरेपछि पार्टी नेता चयन र प्रधानमन्त्रीको नेतृत्व चयनको प्रक्रिया सुरू भएको हो ।     

बेलायती अर्थमन्त्री क्वासी क्वार्टेङले घोषणा गरेको आर्थिक नीतिका कारण बेलायती अर्थतन्त्रमा प्रभाव देखिन थालेपछि ट्रसले बर्खास्त गर्नुभएको थियो । गृहमन्त्री सुएला ब्रेभरम्यानले राजीनामा दिएपछि ट्रसले राजीनामा दिनुभएको थियो । गत महिना बोरिस जोनसनको उत्तराधिकारी बनेपछि लिज ४५ दिनका लागि मात्र सत्तामा रहनुभएको थियो ।