• ९ कात्तिक २०८२, आइतबार

राष्ट्रपति कार्यालयमा शपथ लिँदै नयाँ मन्त्री

blog

राष्ट्रपतिको कार्यालय शीतल निवास ।

काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। मौजुदा मन्त्रिपरिषदमा  दुई जना मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ताले शपथ लिन लाग्नुभएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भए पनि विवादका कारण उहाँहरुको शपथ रोकिएको छ ।