• ९ कात्तिक २०८२, आइतबार

जुडो टोली सोमबार बहराइन जाँदै

blog

काठमाडौँ, कात्तिक ९ गते । बहराइनमा जारी तेस्रो एसियाली युथ गेम्समा भाग लिन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ ।

एसियाली युथ गेम्स सुरु भइसके पनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि हुने छ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले प्रतिस्पर्धा गर्नुहुने छ । समिताको स्पर्धामा १३ खेलाडी छन् ।  समिताको प्रशिक्षकमा देवकीमाया श्रेष्ठ हुनुहुन्छ । 

टोलीलाई नागर्जुन नगरपालिका वडा १ ले आइतबार बिदाइ गरेको छ । एसियाली युथ गेम्सकै लागि नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आइटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि सोमबार बहराइन जानुहुने छ ।