• ९ कात्तिक २०८२, आइतबार

स्वास्थ्य केन्द्रलाई कम्प्युटर हस्तान्तरण

blog

कम्प्युटर र प्रिन्टर प्रदान गर्नुहुँदै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक ९ गते । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गलकोट नगरपालिका–११, रिघाको सहरी स्वास्थ्य केन्द्रलाई व्यक्तिगत खर्चमा कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको छ । 

आफूले पहिला प्रतिबद्धता जनाएअनुरूप गलकोटको एउटा सहरी स्वास्थ्य केन्द्रलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो । केही समयअघि मध्यपहाडी लोकमार्गमा पर्ने सहरी स्वास्थ्य केन्द्रमा पुग्दा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने प्रतिबद्धता गरेर फर्किनुभएका पाठकले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

आवश्यकताको आधारमा आफूले कम्प्युटर र प्रिन्टर मागेको र अहिले सो सामग्री प्राप्त भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले बताउनुभयो । ‘‘मन्त्रीलाई हामीले कम्प्युटर र प्रिन्टरको आवश्यकता रहेको जानकारी गराएका थियौँ । उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्नुभएको छ’’ श्रीसले भन्नुभयो ।