राममणि दाहाल
हेटौँडा, कात्तिक ८ गते । साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ ।
डम्बर पूर्णमाया स्मृति सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा कवि, गीतकार, आख्इानकार भुपिन र कवि, समालोचक डा.बिन्दु शर्मालाई समर्पण गरिएको हो ।
“डम्बर पूर्णमाया स्मृति कविता सम्मान” २०८० बाट बागलुङका कवि भूपिन र २०८१ बाट लागि काठमाडौँकी समालोचक शर्मालाई सम्मान गरिएको हो ।
जनही २२ हजार २२२ रुपियाँसहित साहित्यकार डा. निमेश निखिलले कार्यक्रममा सम्मान गर्नुभएको थियो । साहित्य सङ्गमका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालि –११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको थियो ।
साथै कार्यक्रममा सम्मानका संस्थापक कवि जेनन नेपालका कविता वाचन भएको छ ।