• १६ चैत २०८०, शुक्रबार

धन्वन्तरि जयन्ती: स्वास्थ्य सेवाको पहिलो चिकित्सक

blog

सिर्जना खत्री

काठमाडौं, कात्तिक ६ गते । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । “स्वस्थ पर्यावरण र मावन स्वास्थ्यका लागि आयुर्वेद” भन्ने नाराका साथ मनाइँदैछ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिन्छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार धन्वन्तरि आयुर्वेदको जन्मदाता, ज्ञाता तथा प्रणेताका रूपमा चिनिनुहुन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरिका बारेमा विभिन्न धारणा छन् ।

हिन्दू धर्मका पुराणअनुसार श्रीमद्भागवत, महाभारत, विष्णुपुराण, अग्निपुराण आदिमा जब देवता र दैत्यहरूबीचमा विशाल युद्ध भएको थियो, सोही समयमा समुद्र मन्थन भएको थियो । उहाँ भन्नुहुन्छ, “कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगवानको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भनिन्छन् ।

आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई स्वस्थ व्यक्तिलाई स्वस्थ राख्न र रोगी व्याक्तिलाई रोग निराकरण गर्ने क्रममा सधैँ सम्झिने गर्छन्।” स्वास्थ्य सेवाको पहिलो चिकित्सक हुनुका साथै चिकित्सक सेवामा सबैभन्दा पहिले अनुसन्धान खोज सङ्ग्रह चिकित्सक शास्त्रसम्बन्धी ग्रन्थ सार्वजनिक गर्नुभएकाले उहाँलाई सम्झेर जन्यन्ती दिवस मनाउने गरिने डा. खरेल बताउनुहुन्छ ।

धन्वन्तरि जयन्तीको अवसरमा धन्वन्तरि को हुन् ? नेपालमा धन्वन्तरि जयन्ती मनाउनुको उद्देश्य के हो ? भन्ने विषयमा केन्द्रित भएर विभागका आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलसँग गरिएको भिडियो संवाद ।


भिडियोमा मनोजरत्न शाही र केशब गुरूङ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।