• ११ वैशाख २०८१, मङ्गलबार

चाडबाडमा मिठाई

अखाद्य मिठाईले क्यान्सर हुने जोखिम

blog

सिर्जना खत्री

काठमाडौं, कात्तिक ८ गते । चाडपर्वको समयमा खानेकुराका विभिन्न परिकारले हाम्रो भान्सामा स्थान पाउने गर्दछन्  । नेपाली हिन्दुकाे दोस्रो ठूलो चाड तिहार यतिबेला धुमधामका साथ मनाइँदै छ । 

तिहारमा आफ्नै घरमा विभिन्न प्रकारका रोटी पकाउनुका साथै बजारमा पाईने रंगिचंगी मिठाईका परिकार हाम्रो भान्सामा भित्रने गर्दछन् ।  तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायू र सुस्वास्थ्य कामना गर्ने पर्व हो। यस पर्वमा दाजुभाइलाई टीका लगाईदिएर  विभिन्न किसिमका भाइमसला, सेलरोटी, मिठाईका अन्य परिकार खुवाउने गरिन्छ । 

ती खानेकुराहरु भाइटीकाको दिनमा दिदिबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाएर उपचार स्वरुप दिने चलन छ। 

तिहारको सयममा मिठाईको व्यापार अस्वभाविक रूपमा बढ्ने गर्छ । उपभोक्तालाई आकर्षित गर्न व्यवसायीले मिठाईमा विभिन्न रसायन मिश्रित रंगको प्रयोग गर्ने गर्दछन् । 

व्यापारीहरुले आफूले नाफा धेरै गर्न यस्तो समयमा अखाद्य रंगको प्रयोग गर्दा यस्ता रंगको प्रयोग गरिएका मिठाईले प्रत्यक्ष हाम्रो शरीरमा असर गर्ने गर्छन् । 

पोषणविद् प्रा.डा. उमा कोइराला बजारमा पाइने अखाद्य रंग मिसाइएका मिठाइहरु खाँदा स्वास्थ्यमा असर पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘चाडबाडकाे समयमा अखाद्य रंगको प्रयोग गरी बनाइएका खानेकुराले क्यान्सरदेखि मानसिक स्वास्थ्य समस्या निम्तने गर्दछ। ’

तिहारको अवसर पारेर मिठाइजन्य खानेकुरामा प्रयोग हुने अखाद्य रंगले मानव शरीरमा के कस्ता स्वास्थ्य समस्या देखिन्छन् र कस्तो मिठाई खान उपयुक्त हुन्छ भन्ने विषयमा पोषणविद् कोइरालासँग गरिएको कुराकानी उहाँकै शब्दमा ...

रंगिबिरंगी मिठाईले स्वाथ्यमा कस्तो असर पार्छ ?

तिहारमा आफ्ना दिदिबहिनीहरुले दाजुभाईलाई रंगिचंगी पहेलो, गुलाबी, रातो, हरियो रोटी बनाएर रोटीका विभिन्न परिकार बनाएर खुवाउने चलन हाम्रा समाजमा पहिलेदेखि नै चलिआएको छ । 

रंगिचंगी रोटी, मिठाई आकर्षण हुने हुँदा बच्चाहरू यस्तो खानामा बढी आकर्षित हुने गर्दछन् । 

बजारमा 'फुड कलर'हरु पाइने गर्दछन् । त्यस्तो रंगको प्रयोग गरेर बनाएका रोटी, मिठाई खाना योग्य हुन्छन् । तर बजारमा व्यापारी प्रयाजनले बनाएका मिठाई नाफा धेरै नहुने हुँदा अखाद्य रंगको प्रयोग गरेर बनाइएको पाइन्छ । 

खानेकुरामा प्रयोग गर्न मिल्न रंग पनि बजारमा पाइन्छन् । त्यस्त फुड कलरहरु महंगो हुन्छन् । महंगो रंगको प्रयोग गर्दा व्यापारीलाई धेरै नाफा नहुँदा उनीहरुले सस्तो कलरको प्रयोग गरेको बेलाबेलामा सुनिने गरिन्छ ।  

त्यस्ता रंगहरुमा धेरै केमिकलहरुको प्रयोग गर्ने हुँदा खाना योग्य हुँदैनन् । अखाद्य रंग प्रयोग गरेका खानेकुरा खाँदा स्वास्थ्यमा विभिन्न असर पुग्ने गर्छ । 

गुलाबी रंले रंगको प्रयोग गरेर बनाएका परिकारहरु पटक पटक खाँदा क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

त्यसैगरी बढी चलनचल्तीमा आउने  अर्को रंग भनेको पहेको हो । पहेलो रंग ९हल्का पहेलो ,गाडा पहेलो० प्रयोग सबै खानेकुरामा प्रयोग गरिन्छ । यस्तो रंगले न्युरोटकसेसीटी भन्ने पदार्थ उत्पादन गर्छ । त्यस्तो अखाद्य रंगले कलेजाे र मिर्गाैलालाई असर गर्नुका साथै दमको रोग निम्त्याउने गर्दछ । 

यस्ता अखाद्यले रंगको प्रयोग गरेका खानेकुरा खाँदा मानसिक समस्या जस्तै बेचैन हुने, झर्को लाग्ने, निन्द्रा नलाग्नेजस्ता समस्या देखिने गर्छ ।

खानालाई आर्कषण बनाउन चेरीको रंग प्रयोग गरिन्छ । यस्तो रंग चक्लेट, आइसक्रिम, केकमा बढि मात्रामा प्रयोग गरिन्छ । 

चेरी रंगको प्रयोग गरेका खानेकुराले पनि स्वास्थ्यमा खराब गर्दछ । यस्तो रंगको प्रयोग भएका खानेकुराले शरीररको डिएनएमा समेत असर पने विभिन्न अध्ययनहरुले देखाएको छ । 

साथै यस्तो रंले हार्मोन निकाल्ने पिटिट्युरी ग्ल्याण्डमा समेत असर गर्ने गर्दछ । साथै यस्ता खानेकुराले पाचन प्रणालीमासमेत असर गर्ने गरेको अध्ययनले दखाएको छ। 

नर्भस हुने खाना मन नलाग्ने जस्ता असर पनि यस्ता रंगको प्रयोगले हुने गर्दछ । 

विभिन्न अखाद्य रंगहरुको प्रयोगले एलर्जी हने, आँखामा असर गर्न, छालामा खराबी गर्ने,रगतमा बिकार गर्ने र रक्तक्यान्सर हुनेसम्मको समस्या उत्पन्न हुन गर्दछ । 

मिठाई खादा के कुरामा ध्यान दिने ?

हामीले हाम्रो बानीलाई सुधार गर्नुपर्छ । खानेकुरामा खाँदा  खानेकुरा शुद्ध छ कि छैन त्यो कुरामा ध्यान दिनुपर्छ । 

लामो समयसम्म स्वास्थ्य रहन औषधि उपचारमा पैसा खर्च नहोस् भन्ने लाग्छ भने रंग प्रयोग भएका खानेकुरा नखाने । स्वास्थ्य सफा आफ्नै घरमा बनाएका खानेकुरा खानामा जोड दिने ।

यस्तै, चाडबाडमा हामी मिठाई भन्दा फलफूल भाइमसला दिँदा लामो समयसम्म राखेर खान सक्छन् । आफ्नै घरमा कम चिनी हालेर बनाएका मिठाई दिँदा स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ।   

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।