• ३१ असोज २०८२, शुक्रबार

थाइल्यान्डसँग १२–० गोलले हारेसँगै नेपाल बाहिरियो

blog

काठमाडौँ, असोज ३१ गते । घरेलु टोली थाइल्यान्डसँग १२–० गोलको फराकिलो हार खेप्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाटै बाहिरिएको छ ।

शुक्रबार चोनबुरी रङ्गशालामा सम्पन्न समूह ‘एफ’को निर्णायक खेलमा नेपाल घरेलु टोली थाइल्यान्डविरुद्ध निरिह बन्दै दर्जन गोल खायो । थाइल्यान्डले पहिलो हाफमा आठ र दोस्रो हाफमा चार गोल गरेको थियो ।

जितसँगै थाइल्यान्डले दुई खेलमा ६ अङ्क जोड्दै शीर्षस्थानमा रहँदै अर्को वर्ष चीनमा आयोजना हुने एसियन कपमा छानियो ।

नेपालले पहिलो खेल तुर्किमिनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानलाई १७–० गोलले हराएको थियो ।