प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवस्थामा नेकपा (एमाले)को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले स्थापित अनलाइन र पत्रिकाहरूको समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको भन्दै प्रेस सेन्टर, नेपालको ध्यानाकर्षण भएको जनाइएको छ ।
धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।
डोटीका १० वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रुपमा छुट्याइएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका थप ३० वटा मतदान केन्द्रलाई संवेदनशील र १३७ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा छुट्याएको हो ।
झापा सदरमुकाम चन्द्रगढीको वीरेन्द्र नमुना माध्यमिक विद्यालयको मतदानस्थल नजिकै अज्ञात समूहले बमजस्तो देखिने वस्तु राखेर आतङ्कित पारेको छ । खतरा लेखेर राखिएको उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाले शनिबार बिहान ७ बजे नष्ट गरेको थियो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १५३ मतदानस्थलमा रहेका ४६५ वटा मतदान केन्द्रमा पुगेका कर्मचारी तथा सुरक्षाकर्मीले बुथ निर्माण गरिरहेका छन् ।
पत्रकार एनबी कँडेल (नरबहादुर कँडेल) को सवारी दुर्घटनामा परी निधन भएको छ ।
मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नजिकिँदै जाँदा चुनावी माहौलमा विभिन्न पार्टीका चुनावी गीतले मतदाताहरूको उत्साह बढाएको छ ।
झण्डै दश वर्षअघि कारबाहीमा परी पार्टी सदस्यता गुमेपछि स्वतन्त्र रहँदै आउनुभएका नेपाली काँग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । आफू स्वतन्त्र भएकाले गोप्य मतदान गर्ने अधिकार आफूमा रहे पनि काँग्रेसका हरेक तह र तप्कामा रहेकाहरुले गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा चेकजाँचलाई कडा गरिएको छ ।
कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमन भन्दा कात्तिक महिनाको पर्यटक संख्या दोब्बर भन्दा बढी छ । पर्यटकबाट भएको राजश्व आम्दानी समेत दोब्बर भन्दा बढी छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।
तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ । नौलो तरिका अपनाएर मतदातालाई आर्कषित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ ।
निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख)का लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको नागरिकता सम्बन्धमा परेको उजुरीमा निर्वाचन आयोगले अनुसन्धान सुरु गरेको छ ।
निजी वायु सेवा कम्पनी बुद्ध एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । एटिआर ४२ मार्फत नियमित उडान गर्दै आएको बुद्धले बुधबार एटीआर ७२ विमानमार्फत सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।