• १६ असार २०८१, आइतबार

बेल्टमा अल्झिएर एभरेष्ट पेपर मिलमा एक मजदुरको मृत्यु

blog

धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपरमिल । तस्बिर - विजयकुमार साह, ढल्केवर

विजयकुमार साह 

ढल्केवर, मङ्सिर ३ गते । धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ । शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका–९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले भुसा ओसार्ने क्रममा मेसिनमा अल्झिएर मजदुर श्रेष्ठको मृत्यु भएको बताउनुभयो । 

उहाँले घटनास्थलको मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।