• १८ असार २०८१, मङ्गलबार

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेद्वारा मतदान

blog

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे मतदान गर्नहुँदै ।

गाेरखापत्र अनलाइन

भक्तपुर, मङ्सिर  ४ गते  । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे ले मतदान गर्नुभएकाे छ । भक्तपुर –५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे हाे ।

मतदानका लागि बिहान १० बजे मतदान केन्द्र आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले सवा १० बजे भाेट हाल्नुभएकाे थियाे । मतदानपछि पत्रकारहरूसँग  कुराकानी गर्दै उहाँले देश र जनताको पक्षमा रहेको आफ्नो पार्टीले ५८ जिल्लाबाट उम्मेदवारी दिएको बताउनुभयाे ।

उहाँले मतदाताले सचेततापूर्वक उम्मेदवार र पार्टी चयन नगरेसम्म देशको अवस्था राम्रो बन्न नसकिने बताउनुभयाे । उक्त अवसरमा नेमकिपाका सचिव एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम सुवाल र प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाइँको समेत उपस्थिति  थियो ।