• १६ असार २०८१, आइतबार

नेपाली मजदुर मतदानका लागि स्वदेश प्रवेश

blog

पूर्वी नाका काँकड्भिट्टा । तस्बिर –फाइल फाेटाे ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ३ गते । निर्वाचनमा अवाञ्छित गतिविधि रोक्नका लागि शुक्रबारदेखि सीमा बन्द गरिए पनि भारतमा कामको सिलसिलामा गएका तथा मजदुरी गरेर मत हाल्न आएकाहरुलाई स्थानीय प्रशासनको सक्रियतामा नेपाल भित्रिनका लागि आवश्यक सहयोग र सहजीकरण भइरहेको पाइएको छ ।

निर्वाचन सुरक्षाका लागि सीमा नाका बन्द गरे पनि मतदान प्रक्रियामा सहभागी हुन स्वदेश फर्किरहेका नेपालीलाई सहज प्रवेशका लागि आवश्यक बन्दोबस्त मिलाइएको छ, झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले बताउनुभयो । परिचय खुल्ने कागजातका आधारमा नेपाल प्रवेशमा सहजीकरण गरिएको बताइएको छ ।

निर्वाचनमा सहभागी हुन उत्साहका साथ आएकाहरुलाई सिमामा रोक्नु उपयुक्त नभएकाले आफहरुले प्रवेशका लागि नाकामा सहजता ल्याएको  रिजालको भनाइ  छ । बिहीबार राति १२ बजेदेखि झापासँग सीमा जोडिएका सबै नाकाहरु आवतजावतका लागि बन्द गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार निर्वाचन सुरक्षामा ध्यान दिँदै कडा जाँच गरेर मतदान गर्न आएका नेपालीलाई विना झन्झट नेपाल आउने अवस्था सिर्जना गरिएको बताउनुभएको छ ।

पूर्वी नाका काँकरभिट्टा भारतको पश्चिम बङ्गाल राज्यको पानीट्याङ्कीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको छ । अहिले यही नाका भएर भारतमा रोजगार तथा पढाइका लागि गएका नेपाली स्वदेश भित्रिने गरेका छन् । झापामा १४४ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ ।