• १९ असार २०८१, बुधबार

नेत्री अञ्जना बिशंखेद्वारा सतुङ्गल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान

blog

नेत्री अञ्जना बिशंखे सतुङ्गल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएपछि पत्रकारसँग।

गाेरखापत्र अनलाइन

काठमाडाैं, मङ्सिर ४ गते । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नं. १० उम्मेदवार नेत्री अञ्जना बिशंखेले चन्द्रागिरि नगरपालिकाकाे वडा नम्बर १० भैरव आधारभूत विद्यालय, सतुङ्गल, बोसीगाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

देशभरबाट प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि एकमात्र दलित महिला उम्मेदवार रहनुभएका बिशंखेले  साे मतदान केन्द्रबाट मतदान गर्नुभएकाे हाे ।

मतदानपछि उहाँले माओवादीकाे कारण नेपालमा सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिकता र धर्मनिरपेक्षतासहितकाे राज्य व्यवस्था बदलेपछि मतदाताहरूकाे जनजीविकाकाे अवस्था, सामाजिक, सांस्कृतिक रूपान्तरणकाे लागि उम्मेदवार दिएकाे बताउनुभयाे । 

यस क्षेत्रबाट पहिलाे पटक महिला उम्मेदवार चुनावमा उठेका कारण महिला मतदाताहरू उत्साहित भएकाे प्रतिक्रिया दिनुभयाे ।