• १२ साउन २०८१, शनिबार

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

blog

पूर्वप्रधानमन्त्री खनाल मतदान गुर्नुहुँदै ।

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), मङ्सिर ४ गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले बिहान ८ः३० मा इलामबाट मतदान गर्नुभएको छ । 

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता खनालले इलामको सूर्योदय नगरपालिका ९ रम्फोकमा रहेको राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्नुभएको हो । 

उहाँ परिवारसहित केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । मतदानपछि उहाँले पत्रकारहरूसँग कुरा गर्दै मतदान गर्ने अधिकारबाट कोही वञ्चित हुन नहुने बताउनुभयो । 

उहाँले देशमा गठबन्धनको अझै आवश्यकता रहेको बताउँदै गठबन्धनकै नेतृत्वमा आगामी सरकार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई स्थायित्व प्रदान गर्नका लागि यो निर्वाचन महत्त्वपूर्ण हुनेछ ।’

उहाँले बाहिर हल्ला भए जस्तो राष्ट्रपतिका लागि कुनै सहमति भइनसकेको बताउनुभयो । खनालले भन्नुभयो ‘त्यस्तो कुनै सहमति भएको छैन तर अवसर पाए, नाइँ भन्दिनँ ।’