रुकुमपूर्व एक मात्र रहेको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर र प्रदेश निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार बिजुली बल्ब चुनाव चिन्हका सुरुल पुनमगर (अजयशक्ति)ले अग्रता कायम गरिराख्नुभएको छ ।
दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार एवं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । अपिहिमाल गाउँपालिका र व्याँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार ५१६ मत र उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । दार्चुलामा मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाबिच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
जुम्ला प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् ।
प्रदेश सभा सदस्यकाे निर्वाचन क्षेत्र नम्बर १ (क) भक्तपुरमा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म कांग्रेसका उम्मेदवार सुरेश श्रेष्ठले सात हजार २५६ मत ल्याएर अग्रता लिनुभएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पूर्वी नवलपरासीमा क्षेत्र नं १ र २ मा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. शशाकंले छ हजार १३५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेलले चार हजार ४४४ मत ल्याउनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर एक हजार ६८९ रहेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिनुभएको छ ।
भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नेपाली कांग्रेसका उम्मेदवार दूर्लभ थापाले १४ हजार ०९६ मतसहित अगाडि हुनुहुन्छ।
एक निर्वाचन क्षेत्र रहेको कालिकोटको मतगणना सुरु भएको छ। मङ्गलबार बिहान आठ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना २ बजेदेखि सुरु भएकाे छ। दुई प्रदेश सभा सदस्य रहेको कालीकोटमा प्रदेश सभा क बाट मतगणना सुरु गरिएको छ ।
प्रतिनिधि र प्रदेश सभामा सत्ता गठवन्धनका उम्मेदवारको अग्रता छ । सल्यानमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले छ हजार ७५१ मत लिनुभएको छ । ज्वालाले ११ हजार ७९६ मतका साथ अग्रता कायम गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।
सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् ।
दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।
प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका काँग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।
सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ ।
रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनार्दन शर्माले ३५९ मत ल्याउनु भएको छ ।