सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी निर्वाचित हुनुभएको छ ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई एमालेको ३२ वर्षीय संसदीय इतिहासमा पहिलो पटक विजयी हुनुभएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंगे्रसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनु भएको छ ।
मानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो १ बजेको तथ्याङ्कअनुसार एमालेले पाँच लाख ४७ हजार ३१९ मत प्राप्त गरेको छ ।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला हुनेछ । सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शनबाट प्रारम्भ भएको उक्त महोत्सवको आज दास्रो दिन विवाहमण्डपको बगैंचामा फूलबारी लीला हुने जानकी मन्दिरले जनाएको छ ।
भक्तपुर – २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार थापाले २४ हजार २३९ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।
भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नु भएको छ ।
ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ ।
चितवन २ ख बाट वागमति प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका उत्तम जोशी निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी भन्दा ५६२ मत बढी ल्याएर जित्नु भएको हो ।
धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
दाङ निर्वाचन क्षेत्र न २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित हुनुभएको छ ।
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको छ । त्यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पराजित हुनुभयो ।
पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानको फराकिलो मतान्तरले अग्र स्थानमा हुनुहुन्छ ।