• १२ वैशाख २०८१, बुधबार

कैलाली १ (ख) मा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर विजयी

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, मङ्सिर ८ गते । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार ३१७ मत ल्याई विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली का्ंग्रेसका उम्मेदवार डा. रणबहादुर रावलले आठ हजार ५३ मत पाउनुभएको छ । 

यस्तै, नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले पाँच हजार ३२० मत पाउनुभएको छ भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार ३०६ मत पाउनुभएको छ । 

वि.सं २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरी नेपाली काँग्रेसबाट निर्वाचित डा. रणबहादुर रावल सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस संसदीय दलको नेता र पछिल्लो समय आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्छ । 

कैलाली क्षेत्र नम्बर १ (ख) मा २९ हजार ६१४ मत खसेकोमा एक हजार ४०९ मत बदर भएको छ ।