• १२ साउन २०८१, शनिबार

ताप्लेजुङ (क) मा एमालेका मेन्याङ्बो निर्वाचित

blog

प्रदेशसभा सदस्यमा निर्वाचित तिलकुमार मेन्याङ्बो ।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ८ गते । ताप्लेजुङको निर्वाचन क्षेत्र (क) मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार तिलकुमार मेन्याङ्बो निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का प्रत्याशी खेमबहादुर वनेमलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा मेन्याङ्बो निर्वाचित हुनुभएको हो ।

अन्तिम मत परिणामअनुसार १२ हजार ७७२ मत प्राप्त गरी मेन्याङ्बो प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी वनेमले आठ हजार ७३३ मत मात्र पाउनुभएको थियो । उहाँहरुबीचको मतान्तर चार हजार ३९  छ । प्रदेश निर्वाचन क्षेत्र (क) मा कुल २६ हजार ४८० मत खसेको थियो । 

मेन्याङ्बो दोस्रो पटक सांसद पदमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०५६ सालमा यही क्षेत्र अर्थात् ताप्लेजुङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हुनुभएको थियो । यता, प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै अब समानुपातिकतर्फको गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।