• ११ मंसिर २०८१, मङ्गलबार

नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधानको अग्रता

blog

गोपी ज्ञवाली 

नवलपरासी, मङ्सिर ६ गते । पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानको फराकिलो मतान्तरले अग्र स्थानमा हुनुहुन्छ । 

मतगणना सुरु भएदेखि नै नवलपरासी क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवारको अग्रता लगातार कायम रहेको छ भने दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र राज कँडेलको रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधानले १५ हजार ८९० मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री देवेन्द्रराज कंडेलले ८ हजार ३३९ मत पाएर दोस्रो स्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बत्ताउनुभयो ।

नेकपा एमालेका उम्मेदवार दिपेन्द्र अधिकारीले ८ हजार ३८७ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । 

यसैगरी, प्रदेश सभा २ (क) मा पनि राप्रपाका उम्मेदवार आशिष् प्रधानको अग्रता रहँदै आएको छ ।