• ७ वैशाख २०८१, शुक्रबार

धनुषा क्षेत्र २ 'ख' बाट जसपाका यादव निर्वाचित

blog

धनुषा क्षेत्र २ 'ख' बाट जसपाका रामअशिष यादव निर्वाचित ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर ८ गते । धनुषा क्षेत्र नम्बर २ 'ख' बाट जनता समाजवादी पार्टीका उम्मेदवार रामअशिष यादव दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट १० हजार ६१४ मत प्राप्त गरी यादव दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार यादवले ९ हजार ५६६ मत प्राप्त गर्नुभएको  । एमालेका सञ्जीवकुमार सुरजले ९ हजार २०४ मत प्राप्त गर्नुभएको छ ।