• ८ वैशाख २०८१, शनिबार

रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी

blog

गाेरखापत्र अनलाइन 

काठमाडाैं, मङ्सिर ८ गते । रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएकाे छ । नेपाल पूर्व प्रधानमन्त्री पनि हुनुहुन्छ । 

उहाँले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्नुभएकाे हाे ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्नुभयाे ।  उहाँका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गर्नुभएकाे थियाे ।