• ८ वैशाख २०८१, शनिबार

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारी लीला हुने

blog

फुूबारी लीलामा सहभागी सीताराम र लक्ष्मणका रुपमा रहेका नाटकीय पात्र । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी 

जनकपुरधाम, मङ्सिर ८ गते । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज दोस्रो दिन फूलबारी लीला हुनेछ । सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शनबाट प्रारम्भ भएको उक्त महोत्सवको आज दाेस्रो दिन विवाहमण्डपको बगैंचामा फूलबारी लीला हुने जानकी मन्दिरले जनाएको छ ।

त्रेतायुगमा राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामका साथ मनाइने विवाहपञ्चमी महोत्सवको तेस्रो दिन भोलि शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते तिलकोत्सव, मङ्सिर ११ गते मटकोर र मङ्सिर १२ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सवको विधिवत् समापन हुने जानकी मन्दिर स्रोतले जनाएको छ । 

यसपटक विवाहपञ्चमी महोत्सवमा प्रमुख अतिथिको रुपमा भारत उत्तराखण्ड सरकारका पर्यटनमन्त्री एवम् गुरु सतपाल महाराजको उपस्थिति रहनेछ । उहाँ मङ्सिर ११ र १२ गते सहभागी हुन  जनकपुरधाम आइपुग्ने जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिनुभयो ।