• १२ साउन २०८१, शनिबार

सिन्धुली–१ मा कांग्रेसका घिमिरे निर्वाचित

blog

विजयी नेपाली काँग्रेसका उमेद्वार श्यामकुमार घिमिरे ।

बावुराम देवकाेटा

सिन्धुलीमाढी, मङ्सिर ८ गते । सिन्धुली – १ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे चार हजार ८५३ मत अन्तरसहित विजयी हुनुभएकाे ।

उहाँले ३० हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेद्वार प्रदीप कटुवालले २५ हजार ५४६ मत प्राप्त गर्नुभएको छ ।

विजयी घिमिरे नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा लेखा समिति संयोजक हुनुहुन्छ । काँग्रेस उम्मेद्वार घिमिरेले कटुवाललाई हराएर एमालेको २५ वर्षदेखिको विरासत तोड्नुभएको छ । 

२०७४ सालको भएको प्रदेशसभामा सोही क्षेत्रको प्रदेशसभा (ख) मा घिमिरे  तत्कालीन वाम गठबन्धनका उम्मेद्वार कटुवालसँग चार हजार ६५७ मत अन्तरले पराजित बन्नुभएको थियो । त्यतिबेला कटुवालले १६ हजार ६१२ मत प्राप्त गरी निर्वाचित हुँदा घिमिरेले ११ हजार ९५५ मत प्राप्त गर्नुभएको थियो ।