पविता पौडेल
सैनामैना, मङ्सिर ६ गते । रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. ५ मा नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले १० हजार दुई सय ५५ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरत शाहले ८ हजार २ सय २२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच दुई हजार ३३ को मतान्तर छ ।
यसैगरी, प्रदेश सभा ९१० तर्फको मतगणनामा नेकपा एमालेका उम्मेद्वार भूमिश्वर ढकालले ६ हजार २ सय ६७ मत पाउनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेद्वार विनोद पहाडीले ३ हजार ६ सय ६० मत ल्याएर पछ्याउँदै हुनुहुन्छ।
त्यस्तै, लौरो चिन्ह भएका स्वतन्त्र उम्मेद्वार कमल ढकालले २ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।