• २० असार २०८१, बिहिबार

सुकुम्बासी समस्या समाधान गर्छु: नेता सिंह

blog

मतदातासँग मत माग्दै उम्मेदवार सिंह, साथमा नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ।

गाेरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएकाे छ । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयाे। 

‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’ 

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँले बनाउनुभयाे । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरिकन, विन विन अवस्थामा दुबैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उहाँले भन्नुभयाे ।

मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले त्यसको सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने बताउनुभयाे।