• ११ मंसिर २०८१, मङ्गलबार

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुझे सामग्री

blog

निर्वाचन सामग्री ।

राजन रावत

हुम्ला, कात्तिक २७ गते । मङ्सिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुुझ्न सुुरु गरेका छन् । सदरमुकाम सिमकोटदेखि टाढाका मतदान केन्द्रका कर्मचारीहरुले ती सामग्री बुुझ्न थालेका हुन् । 

निमित्त निर्वाचन अधिकारी श्याम रानाले ताँजाकोट र अदानचुलीको ११ वटा मतदान केन्द्रका कर्मचारीले मतदान सामग्री बुुझेको बताउनुुभयो । त्यसमा ताँजाकोटका छ वटै र अदानचुलीको पाँच वटा मतदान केन्द्रमा खटिएका कर्मचारीले ती सामग्री बुुझेका हुन् । 

अदानचुलीको एउटा मतदान केन्द्रले भने बुुझेको छैन । अब मतदान सामग्री बुुझेको कर्मचारीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर आइतबारबाट मतदान केन्द्रतर्फ लाग्ने कार्यालयले जनाएको छ । कर्मचारीले ७३ प्रकारका सामाग्री बुुझ्नुुभएको हो । 

सदरमुकाम सिमकोटबाट अदानचुली ४४ कोष र ताँजाकोट ४८ कोस टाढा पर्छन् । अब मतदान सामग्री बुुझ्ने कार्य सुुरु भएको कारण टाढाबाट नजिक हुँदै मङ्सिर १ गतेसम्म ५९ वटै मतदान केन्द्रमा खटिएका कर्मचारीले  बुुझ्नेछन् । मङ्सिर १ गते सबै मतदान केन्द्रका कर्मचारी पुुग्नुुपर्नेछ ।

गत शुक्रबार मात्र मतदान र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुुखीकरण प्रदान गरिएको थियो । टाढा भए पनि हिमालपारिको गाउँ लिमीका तीन मतदान केन्द्रमा खटिएका कर्मचारीका लागि हेलिकोप्टरबाट जाने व्यवस्थाका लागि आयोगबाट कुनै निर्णय नआएको कारण कर्मचारी अन्याेलमा छन् ।