• २४ वैशाख २०८१, सोमबार

तोरी फुलेपछि सुनौलो पहेँलपुर (फाेटाे फिचर)

blog

पाल्पाको विभिन्न स्थानका किसानले लगाएको तोरीबारी। तस्बिर –रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक ३० गते । पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।  

नगदे बालीको रूपमा रहेको तोरी अहिले फुलेर पहेँलै देखिएको हो । तोरी फुलेपछि बस्ती समेत सुन्दर देखिएको छ । जिल्लाको विभिन्न स्थानमा किसानले आफ्नो खेत तथा बारीमा तोरी लगाएका छन् ।

मकै पाकेपछि पाल्पाका किसानले तोरी लगाउने गरेका छन् । तेल उत्पादनका लागि यहाँका किसानले तोरीको खेती गर्ने गरेको उनीहरूले बताएका छन् ।

पाल्पामा धान, मकै, गहुँपछि तोरी बालीको खेती हुने गरेको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ । 

तस्बिर –रेखीराम राना