• १२ साउन २०८१, शनिबार

उत्साहका साथ मत हाल्न अध्यक्ष ओलीकाे आग्रह

blog

बिहीबार बिहान निजीनिवास दमकमा एमाले अध्यक्ष ओली । तस्विर – विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकार निर्माणका लागि आफूहरुले जनतासँग मत मागेको बताउनुभएको छ । उहाँले मतदाताहरुलाई उत्साहका साथ मत हाल्न आग्रह गर्दै यस्तो बताउनुभएको हो ।

विभिन्न चुनावी सभाहरुमा सहभागी भएर गृह जिल्ला झापाको दमक आउनुभएका झापा क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्य समेत रहनुभएका ओलीले आफ्नो र आफ्नो सन्ततिको भविष्य सम्झेर मतदान गर्न आग्रह गर्नुभएको छ । बिहीबार बिहान पत्रकारहरुसँग कुरा गर्दै ओलीले एमालेले बहुमतसहितको सरकार बनाउने दाबी गर्नुभयो ।

तपाईं र तपाईंको सन्तानको सुखको लागि, राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि हामीले मत मागेका छाैँ, ओलीले भन्नुभयो । देशको विकास, सुशासन र समृद्ध नेपाल बनाउने यात्राका लागि एमालेको नेतृत्वमा सरकार बन्छ र बनाउछाैँ, ओलीको भनाइ थियो ।

बलिदानी दिएर ल्याएको लोकतन्त्रलाई तलमाथि हुन नदिइने जनाउँदै ओलीले आफूहरु छिमेकी राष्ट्रसँग सन्तुलित सम्बन्ध बनाउने पनि बताउनुभएको छ । राष्ट्रिय हित छोडेर, राष्ट्रका स्वार्थ छोड्दिएर र जनतालाई मर्का पारेर कसैसँग लम्पसार नपर्ने उहाँको भनाइ थियो ।