• १२ साउन २०८१, शनिबार

तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी

blog

ध्यान कुलुङ

सङ्खुवासभा, कातिक ५ गते । जिल्लाको भोटखोला गाउँपालिकाको ३ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ । भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय सुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योति आधारभूत विद्यालय रिदाकको मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टरबाट खाँदबारी ल्याइएको हो । 

पैदल मार्गबाट मतपेटिका ल्याउन ढिलो हुने भएकोले नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । पैदल मार्गबाट ल्याउन सुरक्षा चुनौती समेत रहेकोले नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइएको उहाँले बताउनुभयो । तीन मतदान केन्द्रहरू सदरमुकामबाट कम्तीमा ४ दिनको दुरीमा छ ।

सोमबार राती १२ सम्म सम्ममा सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले जानकारी दिनुभयो । जिल्लाको दश पालिका मध्ये भोटखोला गाउँपालिकाको मतपेटिका आईनपुगेको गौतमले जानकारी दिनुभयो । 

जिल्लामा ५६ प्रतिशत खसेको छ । १ लाख १७ हजार ५ सय ४४ मतदाता मध्ये ६५ हजार ८ सय ९१ खसेको हो ।