• ८ वैशाख २०८१, शनिबार

सप्तरी क्षेत्र २ 'ख' जनमतका यादव विजयी

blog

महेश प्रसाद यादवलाई मतपरिणामको कपी दिंदै मुख्य निर्वाचन अधिकृत हेमन्त रावललगायत ।

धीरेन्द्रप्रसाद साह / ललिता साह

जनकपुर, मङ्सिर ६ गते । सप्तरी क्षेत्र २ 'ख' मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ । 

उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव सात हजार २३ प्राप्त गर्नुभएको छ ।

सप्तरी क्षेत्र नम्बर दुईको मतगणनाको सुरुदेखि नै आफ्नो अग्रता कायम राख्नुभएका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त ९सिके ० राउतले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीको १५ हतार ३४ मत आएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सात हजार चार सय ४५ मत प्राप्त गरेका छन् । त्यसैगरी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जय प्रकाश ठाकुरले तीन हजार ७० मत ल्याएका छन् ।

यता सप्तरी क्षेत्र नं एकमा जनता समाजवादी पार्टीले अग्रता लिइरहेका छन् भने क्षेत्र नं तीन र चारमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।