चित्र मिजार
सिन्धुपाल्चोक, मंसिर ६ गते । प्रारम्भिक मतगणनामा प्रतिनिधि सभा–१ मा नेकपा एमालेका सरेश नेपाल र प्रतिनिधि सभा–२ मा गठबन्धनका कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् ।
भोटेकोसी गाउँपालिकाको मतगणना सकेर अहिले बाह्रबिसे नगरपालिकाको मत गणना हुँदैछ । क्षेत्र नम्बर १ मा एमालेका नेपालले ४ हजार ८५६ र गठबन्धनका माओवादी केन्द्रका माधव सापकोटाले ४ हजार ४७८ मत प्राप्त गर्नु भएको छ ।
नेपालले सापकोटालाई ३७८ मतान्तरले पछाडि पार्नु भएको छ । क्षेत्र १ प्रदेश (क) मा सत्ता गठबन्धनबाट कांग्रेसकी मसिना खड्का भण्डारीले ५ हजार २१३, एमालेका डिबी लामाले ४ हजार ७४९ र राप्रपाकी निर्मला श्रेष्ठ ६१२ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ४१६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणजंग पाण्डेले १०५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
प्रतिनिधि सभा–२ मा गठबन्धनका कांग्रेसका मोहन बहादुर बस्नेतले ५ हजार १४९ मत र एमालेका शेरबहादुर तामाङ ३ हजार ४३५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिंह श्रेष्ठले १७२ मत प्राप्त गर्नुभएको छ ।
पूर्वमन्त्री बस्नेत १ हजार ७१४ मतले तामाङलाई पछाडि पार्दै हुनुहुन्छ । यस क्षेत्रको प्रदेश सभा (क) मा गठबन्धन माओवादीका युवराज दुलाल शरदले ४ हजार २६४ मत र एमालेका अमानसिंह तामाङले २ हजार ७०८ मत पाउनुभएको छ । यसमा एक हजार ५५६ मतान्तर देखिन्छ ।