• १५ वैशाख २०८१, शनिबार

धादिङ १ (क) मा नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठ विजयी

blog

मुरारी अधिकारी

धादिङ, मंसिर ७ गते । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क मा नेपाली कांग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार श्रेष्ठले प्रत्यासी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यलाई एक हजार दुई सय ९४ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

विजयी श्रेष्ठले १७ हजार ८ सय ३२ मत पाउनु भएको छ भने प्रत्यासी आचार्यले १६ हजार ५ सय ३८ मत पाउनु भएको छ । यस प्रदेशमा ४४ हजार ६ सय १२ मत खसेको थियो । एक लाख ७३ हजार एक सय ५७ मतदाता थिए ।