• १३ साउन २०८१, आइतबार

सल्यान प्रदेशसभा ‘क’ मा माओवादी र ‘ख’ मा कांग्रेसको अग्रता

blog

मतगणनामा उम्मेदवारहरू । तस्विर – प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, मङ्सिर ७ गते । सल्यानमा दुई प्रदेशभाको मत गणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ । प्रदेश सभा क्षेत्र नम्बर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गर्नुभएको छ ।

शर्माले १६ हजार १८४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कुलबहादुर गिरी १० हजार ११६ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, प्रदेश सभा क्षेत्र नम्वर ख मा नेपाली काँग्रेसका सुरेश अधिकारीले २ हजार १३५ ले अग्रता कायम गर्नुभएको छ । अधिकारीले १३ हजार ५९१ मत प्राप्त गरी अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका गुलाबजंग शाहले ११ हजार ४ सय ५६  प्राप्त गर्नुभएको छ । 

एकैपटक सङ्घ र प्रदेशको चार स्थानमा गणना भइरहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम नतिजा भोलि दिउँसोसम्म सार्वजनिक गरिसक्ने गरी मतगणना भइरहेको छ । 

सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल मतदाता एक लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए ।