• ७ वैशाख २०८१, शुक्रबार

रुकुम पूर्व प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, मङ्सिर ७ गते । रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ ।

उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत प्राप्त गर्नुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८ सय ९६ मत प्राप्त गर्नुभयो ।