शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १७ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो ।
निगमका अनुसार पेट्रोलमा २ रुपियाँ घटेको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपियाँले मूल्य घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य १५० रुपियाँले बृद्धि भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १६० रुपियाँ पुगेको छ ।
हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपियाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपियाँ कायम भएको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपियाँ थियो ।
