• ५ वैशाख २०८१, बुधबार

कञ्चनपुर–२ (क) प्रदेशसभामा माओवादीका भाट विजयी

blog

लक्ष्मणदत्त पन्त

महेन्द्रनगर, मङ्सिर ७ गते । कञ्चनपर क्षेत्र नं. २ (क) प्रदेशसभामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका ओमविक्रम भाट(सरल) विजयी हुनुभएको छ । उहाँले एमालेका उम्मेदवार युवा संघका पूर्व अध्यक्ष बचनबहादुर सिंहलाई ४७५ मतले हराउँदै विजयी हुनुभएको हो । भाटले १० हजार ९२५ र सिंहले १० हजार ४५० मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरीले ५ हजार १५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत प्राप्त गर्नुभयो । अन्य उम्मेदवारहरुले एक हजार मत पनि कटाउन सक्नुभएन ।  

पूर्वमन्त्री साउदको अग्रता कायमै

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रकाश साउँद (एनपी)ले मतान्तर बढाउँदै अग्रता कायम राख्नुभएको छ । उहाँले १६ हजार ५२३ मत पाउनुभएको छ भने १३ हजार ३९६ मतका साथ धामीले उहाँलाई पछ्याइरहनु भएको छ ।  

यस्तै, प्रदेशसभा २(ख) मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका बहादुरसिंह थापाले अग्रता लिनुभएको छ । थापाले ९ हजार ३२६ मत पाउँदै गर्दा एमालेका उम्मेदवार कृपाराम राना ८ हजार १७८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ ।